शुक्रबार, बैशाख १४, २०८१

 निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा,अझै दोषी पहिचान हुन सकेनन

 किशोरी निर्मलाको बलात्कार हत्या काण्डको छानबिन गर्न गठित मैनाली समितिको प्रतिवेदन गृहमन्त्रीलाइ

काठमाडौ असोज ९ कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । प्रस्तुत हत्याकाण्डको छानवीनका लागि गृह मन्त्रालयले गत भाद्र ७ गते हरिप्रसाद मैनालीको संयोजकत्वम गठित समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो छानविन प्रतिवेदन बुझाएको छ । क दुई महिना अगाडि, अर्थात गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते उनको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो ।

मन्त्रालयले अनुसन्धानमा खटिएको प्रहरीको भूमिका प्रभावकारी नभएको भेटिएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन भन्दै मन्त्रालयले मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । आज मैनाली नेतृत्वको समितिले ब्झाएको प्रतिवेदनमा  घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको बताईएको छ । त्यस्तै प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने बताउँनुभएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।