शुक्रबार, बैशाख ७, २०८१

नियमित रक्तदानको लागि सरोकारवालाको आव्हान

रामचन्द्र प्रजापति /काठमाडौं पुष २,  हिमोफिलिया सोसाइटी नेपालले राजधानीमा आइतवार रक्त सेवा र वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन।

कार्यक्रममा एकातर्फ रगतको बढ्दो अभाव अर्कोतर्फ रक्तदाताको सख्यात्मक कमीका कारण रक्तअभावको संभावना औल्याउँदै सम्वद्ध वक्ताहरुले नियमित रक्तदानको लागि आव्हान गरेका छन ।  संस्थाका अध्यक्ष दिपक शाक्यको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा व्लड डोनर्स एशोसिएसन नेपालका अध्यक्ष सानुबाबु प्रजापतिले विरामीलाई आवश्यक पर्ने स्वस्थ रगत मानिससंग मात्र भएकोले नियमित रक्तदान गर्न सकेमात्र आवश्यकता अनुरुप रगतको माग पूर्ति गर्न सकिने बताए ।

त्यस्तै हिमोफिलिया रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रममा डा.अमित श्रेष्ठले रोगको लक्ष्ण्ण ,रोग लाग्न सकिने अवस्थाबारे जानकारी दिदै हिमोफिलिया रोग एक हजारमा १ जनालाई लाग्न सक्ने बताउँदै गर्दा डा .रेखा मानन्धर श्रेष्ठले हिमोफिलियाका विरामीलाई स्वस्थ रगतको आवश्यक  रहने भएकोले स्वयंसेवी रक्तदतालाइ रक्तदान गर्न अभिप्रेरित गर्न जरुरी रहेको बताए ।

साथै रक्त सञ्चार सेवा केन्द्रका निर्देशक मनिता राजकार्णिकारले विभिन्न सामाजिक संस्था एनजिओ आईएनजिओले आयोजना गरेको रक्तदान कार्यक्रमबाट संकलन गरेको रगत सकेसम्म सहज रुपमा विरामीलाई न्युनतम सेवा शुल्क लिइ केन्द्रले बितरण गर्दै आइरहेको जानकारी  दिदै स्वस्र्फुत रुपमा प्रत्येक नागरिकले प्रत्येक ३ महिनाको अन्तरमा रक्तदान गर्ने हो भने रक्तभावको संभावना तड्कारो नपर्ने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।