तिमीले बोलायौ बास बस्न दिलको घरैमा
पाइला अघि बढ्न खोज्थे जव जव तिमी तिर
जतै ततै सोझिदिन्थे काँडै काँडा मेरैतिर
तिमीले बोलायौ बास बस्न दिलको घरैमा
तिम्रा आँखा भरी लटपटेको गाजल
पुछ्न खोज्दा दिलमा हुन्छ हलचल
तिमीले देखायौ साथ हिंडने जीन्दगीको बाटो
एकान्तमा एक्लै तडपिनुको साटो
तिमीले बोलायौ बास बस्न दिलको घरैमा
तिम्रा ओठै भरी रङ्गिएको लाली
चुम्न खोज्दा मनमा चल्छ हुरी
तिमीले संगाल्यौ यादै यादका मीठा तरेली
पिरतीले रातभरी भीजेछ परेली
तिमीले बोलायौ बास बस्न दिलको घरैमा
– गौतम डंगोल “सन्देश