मङ्लबार, बैशाख ११, २०८१

निगमका तत्कालीन कार्यकारी निर्देशक खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौ पुस २३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष मुद्दा दायर गरेको छ । आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध रु १८ करोड ६६ लाख बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हेर्नुस आयोगद्दारा जारी विज्ञप्ति: 

त्यस्तै विज्ञप्तिमा निगमका तत्कालीन कार्यकारी निर्देशक खड्काको पारिश्रमिक आम्दानी खर्च लगानी र अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा सहित लगायतका विविधि शिर्षकमा त्यस्तै पुख्र्यौली घरबाहेक थप घर घडेरी निर्माण तथा खरीद र विभिन्न कम्पनीको शेयर खरिद ,गाडी खरीद जस्ता विषयगत शिर्षकमा गरेको लगानी गरेको रकमको कुल रकम मध्ये स्रोत खुलेको आय रु आठ करोड ६४ लाख ६९ हजार ७५१ घटाउँदा देखिन आउने रु १८ करोड ६६ लाख पाँच हजार ६२९ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नसकेको जनाउँदै आयोगले स्रोत नखुलेको उक्त रकम गैरकानूनी रूपमा आर्जन गरेको अभियोग लगाएको छ ।

त्यस्तै आयोगले स्रोत नखुलेको रकम नै बिगो कायम गरी हदैसम्मको कारवाहीको माग गरेको छ । आयोगले अमिता लामा सोदेम्बाको नाममा रु सात करोड ५४ लाख ५७ हजार ८७५ सम्पत्ति र साबिक बिष्णु बूढानीलकण्ठ–३ कित्ता नं ६८९, १४८२ र १५२० को मूल्य रु ४० लाख ११ हजार ८७५ खरीद गरेको आठ आना जग्गा र रु ८४ लाख ४६ हजारमा खरीद गरेको बा१६च ८४८४ नंको टक्सन गाडी  लुकाइराखेको दाबी सहित मुदा दायरगरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।