शुक्रबार, बैशाख १४, २०८१

नारी दिवस…….

काठमाडौं फागुन २४ ,

 -सनतकुमार थापा –

नारी तिमी मलाई संसार देखाउने आदरणीय आमा हौ!
सधै सधै शुभ चाहने तिमी मेरी प्यारी दिदी बहिनी हौ!!

सन्तानको महत्व बुझ्ने आदरणीय हजुर आमा हौ!
मेरो प्रगतिमा सधै गर्व गरि बस्ने तिमी मेरी फुपु हौ!!
संसार हाँक्ने रथका दूई पांग्राहरू मध्ये तिमी एक हौ!
सूख दूखमा सधै मलाई साथ दिने मेरी प्राण प्रिय हौ!!

दूई आँखाको नानी मध्ये तिमी एउटा ऑखाको नानी हौ !
मूटूको टूक्रा छोरा छोरी मध्ये तिमी मेरी प्यारी छोरी हौ !!
झोलीको देबता सम्झी सधै स्नेह गर्ने आदरणीय माइजु हौ!
मेरो हसिलो अनुहारको अपेच्क्षामा रहनु हुने सासुआमा हौ!

सधै मायाँ ममता र सद्भाब देखाउने जेठी सासु र साली हौ !
हाम्रो मामा भनि आदर पुर्वक झ्याम्मिने मेरा भान्जीहरू हौ!!
यो संसारमा नारी तिमी महान ममता र मायाँको खानी हौ!
सकल प्राणीहरूको संरक्षणमा तिमी सधै भरी सकृय रहौ !!

मेरो हर गोरेटोमा तिमी सधै उचित मार्ग निर्देसक बनि रहौ !
बिध्याकी देवी सरस्वती धनकी माता लक्ष्मी पनि तिमी हौ !!
दानवको बध गरि मानवको रक्षा गर्ने भगवती पनि तिमी हौ !
प्राणीको संरक्षक तिमी सधै यो धर्तीमा दिवसको रूपमा रहौ !!

लेखक: कामपा सामाजिक विकास विभागका विभागीय प्रमुखको जिम्मेवारीमा हुनुहन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।