शुक्रबार, चैत्र १६, २०८०

नायिका खुश्बुले अनाथ बालबालिकासंग मनाइन जन्मदिन

काठमाडौं फागुन १५ , पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को गर्दै दर्जनौ राष्ट्रिय अवार्ड बाट सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काले आफ्नो जन्मदिन राजधानीको धापासीस्थित हाम्रो बाल संरक्षण धरोहर नेपालमा आश्रित अनाथ बालबालिकासंग मनाएर खुसि साटासाट गरेकी छिन ।  आफ्नो जन्मदिनमा आफ्ना अविभाबक बाबा, आमाको साथमा उक्त संस्थाका बालबालिकालाइ खान खुवाएर तथा खाद्यन्न सामाग्री वितरण गरेर उनले जन्मदिन मनाएकी हुन् । जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको खुशी महसुस गरेको उनले बताइन र यस कार्यलाई निरन्तरता दिने पनि उनले त्यस अवसरमा जानकारी गराइन।

संस्थाकी सस्थापक अध्यक्ष बिनिता अर्यालले संस्थामा २४ जना अनाथ अपाङ्ग बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको बताउँदै अध्यक्ष अर्यालले नायिका खुश्बु खड्का, कलाकार निर्मल शर्मा तथा समाजसेवी प्रकाश कुमार श्रेष्ठलाइ सम्मान समेत गरेकी थिइन ।
समाजसेवामा समेत अग्रणी भुमिका निर्बाह गर्दै समाजमा केहि गरौ भन्ने उदेश्य बोकेकी मोडल, नायिका तथा खेलाडी खुश्बु खड्का भबिष्यमा एक कुशल अभिनेत्री तथा समाजसेवी बन्ने उदेश्य लिएर आफ्नो पाइला अगाडि बढाउदै छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।