बिहिबार, चैत्र १५, २०८०

नाटकीय शैलीमा साहित्यकार महर्जनको “यात्रा” लोकार्पित

शरण डंगोल काठमाडौं चैत्र २३,  नाट्यकर्मीहरुको उद्गमस्थल सर्वनाम थिएटर, कालिकास्थानमा चैत २२ गते पाहुना पर्व पाहाँचःहे्रको अवसरमा दिनको १ बजे, चकमन्न हल, हलभित्र सुमधुर धुनकावीच नेवारी भेषभुषामा, काम गर्दागर्दैको क्षण बोध गराउँदै पर्दा पछाडीबाट खर्पनमा एकातिर पुस्तकै पुस्तक र अर्कोतिर नाबालक नानीको प्रतिक स्वरुप पुतली राखि, नेवारी समुदायको परम्परागत पाहाँचःह्रे गीत “गन वने गन च्वने वने, वने धासा मदू दैव, थ्वथे जाःगु रसं दयेका तल रे दैव, हरे रामं जि गनं वने………” गाउँदै मञ्चमा प्रवेश हुन्छ ।

“कालिकास्थान भनेर आको कालिमाटी पो पुगेछ ल त्यसैले अलिक ढिलो पुगेछु” भन्दै पाहाँचःह्रेमा आमा जन्मेको घर मावली घर सम्झदै खर्पनमा राखेर ल्याएका पुस्तक अतिथिहरुको हातमा थमाई एक पृथक पारुपमा लेखक भरत महर्जनको यात्रा पुस्तकको सामुहिक रुपमा विमोचन भयो । त्यस लगत्तै सभाकक्ष चकमन्न सबै भावविह्वल । सम्भवतः यो सम्वाददाताले अहिलेसम्म देखेको पुस्तक विमाचनको पृथक तरिका ।

लेखकको जन्मदिन, पुस्तकको जन्मदिन तथा लेखकको मातृवात्सल्य छिनिएको दिनमा पुस्तक लोकार्पण भएको अवसरमा शुभकामना र श्रद्धाञ्जलीका शब्दहरु पोख्दा पोख्दै प्रमुख अतिथि वरिष्ठ चित्रकार के.के. कर्माचार्यले  भावविह्वल मुद्रामा  म चित्रकार चित्रबाटै भाषण गर्ने बानी मेरो बोल्न आउँदै मलाई भन्दै म र लेखकको जीवनमा वितेका घटनाहरु मिल्दाजुल्दा भएको बताउँदै यस्तो आफ्नो भावना व्यक्त गर्न सक्ने कोही कोही व्यक्तिमात्र हुन्छन् जसमा भरत महर्जन एक भएको बताए ।

त्यस्तै हास्य सम्राट मदकृष्ण श्रेष्ठले ठट्यौली पारामा मेरो अर्को छोराको संज्ञा दिंदै स्वास्थ्य क्षेत्रमा वहाँको लगाव मैले देख्दै र भोग्दै आएको बताउँदै मानिस जन्मेदेखि यात्रा शुरु हुन्छ, अन्तिम क्षणमा यसले विश्राम लिने बताउँदै  गर्दा  साहित्यकार तथा समालोचक महेश पौड्यालले कृति समिक्षा गर्दै चिकित्साकर्मी लेखकको मातृप्रेम, समस्त जगतप्रतिको सेवाभावको मुक्तकण्ठले प्रशंसा गर्दै, नाट्य, संगित, चलचित्र लगायत विविध क्षेत्रमा उहाँले चालेका पाइलाका सवालमा   प्रष्टोक्ति  राख्नु भएको थियो

संचारकर्मी तथा साहित्यकार डा. नवराज लम्सालले काठमाडौं शहरमा भएका विसंगति विकृति , सांस्कृतिक विभेद, सामाजिक विभेद, आर्थिक विभेद आदि समेटिएको पुस्तक जुन सच्चा लेखकले लेख्नै सक्दैन, चर्चित हुन लेखिएको यो पुस्तक होइन भन्नुभयो ।

स्वास्थ्यकर्मी, साहित्यकार, रंगकर्मी भरत महर्जनको लोकार्पण भएको अनुभवहरुको सँगालो यात्रा भित्र आमासँगको यात्रा, पिण्ड सेलाउँदा जरिवाना, जलबिन्दुको भण्डार, सहयात्रा, कथा काँचोमाटोको, भैमालबासीको कथा, सर्वश्व सकिँदा पनि नछुटेको लत, मिठ्ठे र मिठ्ठीनी, चङ्गाबिनाको लट्टाई, मेरो नामको कथा, बीजी अर्थात्……, रातसँगको साक्षात्कार, रङ्गमञ्च, कलाकारिता अनि म, सालनालदेखि आर्यघाटसम्म, फेरी लगाउने जोगी, पन्छीले गुँड छाडेको दिन, एक रुपैयाँको सिटामोलमा छुट, लैङ्गिक हिंसा र भु्रणहत्या, जोखिमपूर्ण सूई आदि आफ्नो अनुभवहरुको सँगालोमा कथाको रुप दिई आफ्नो अनुभव पोख्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।