शुक्रबार, चैत्र १६, २०८०

नवौं शिक्षा ऐन खारेजीको माग सहित विद्यार्थी संगठन आन्दोलित, यस्तो छ आन्दोलनका कार्यक्रम

 काठमाडौ असार १०,  अनेरास्ववियु (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम, राजपा विद्यार्थी युनियन, अनेस्ववियु (५औं )लगायत विद्यार्थी संगठन फेरी शैक्षिक सुधारका लागि विभिन्न माग सहित आन्दोलित भएका छन ।

विद्यार्थी संगठनले आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो मागपत्र प्रस्तुत गर्दै नवौं शिक्षा ऐन खारेज गर्नुपर्ने, शिक्षा मन्त्रालयले गठन गरेको शुल्क अनुगमन समितिमा आफूहरूलाई पनि राख्नुपर्ने, विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट मात्र पदाधिकारी नियुक्त गर्नुपर्ने, चिकित्साशास्त्रसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग अघि सार्दै यि माग पूरा गराउँन प्रधानमन्त्री केपी  ओलीलाई ज्ञापन पत्र बुझाउनेदेखि लिएर शैक्षिक आम हडतालसम्मका कार्यक्रम सहित आन्दोलनको घोषणा गरेका हुन् ।

घोषित आन्दोलनका कार्यक्रम अनुसार असार ११ देखि १६ गतेसम्म आन्दोलनको प्रचारप्रसार गर्ने, असार १७ गते शैक्षिक विकृतिविरुद्ध बहस कार्यक्रम सञ्चालन गर्ने, असार १८ गते देशभरि नै आँखामा कालो पट्टी बाँधी सिठ्ठी जुलुस गर्ने र १९ गते मसाल जुलुश प्रदर्शन गर्ने लगायतका कार्यक्रम अधि सारेका छन ।  

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।