शनिबार, बैशाख ८, २०८१

नरदेवी बचतको सहकारी सचेतना  कार्यक्रम सम्पन्न

 काठमाडौं चैत २५, नरदेवी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार सहकारी सचेतना  कार्यक्रमको आयोजना गरिएको छ ।

 आयोजक संस्थाका अध्यक्ष सिद्धिनारायण महर्जजनको अध्यक्षता सम्पन्न उक्त सचेतना कार्यक्रममा डिभिजन सहकारीका अधिकृत भोला भण्डारीले सहकारीका मूल्य, मान्यता र सिद्धान्त, सहकारी संस्थाको   गठन प्रक्रिया, सहकारी र अन्य बैब एवम वित्तीय संस्थावीचको भिन्नता, बचतको  महत्व, सहकारीमा शे यर सदस्यको  भूमिकालगायतका विषयमा जानकारी प्रवाह गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा आयोजक संस्थाका उपाध्यक्ष पुष्पराज शाक्यले प्रस्तुत कार्यक्रमको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सहकारी विज्ञ बालमुकुन्द मुल्मीले गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।