मङ्लबार, बैशाख ११, २०८१

नरदेवी बचतको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

गोपाल मानन्धर /काठमाडौ असोज ११, नरदेवी बचत तथा ऋण सहकारी सस्थाले पाँचौ वार्षिक साधारणसभा आज एक कार्यक्रमकावीच सम्पन्न गरेको छ ।
IMG_20140927_225739सहकारी डिभिजन कार्यालयका प्रमुख विक्रम प्रसाद पाण्डेको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त कार्यक्रममा सहकारीले आर्थिक वर्ष २०७०/०७१मा आर्जित गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रस्तुत प्रतिवेदनमा उल्लेख भए अनुसार सहकारीको अधिकृत पूजी रु ५०,००० रहेकोछ भने शेयरपूजी रु ५,२०८,८५२ र त्यस्तै गरि बचत निक्षेप तर्फ ६६,३४२८५२ लगायत अन्य विभिभन्न शिर्षकमा गरि यस वर्ष रु २०४८,८५४ नाफा आजन गरेको छ । साथै उक्त सहकारीले यस वर्ष ०७०/०७१ मा कूल रु ३२०,४८३ आयकर राजश्व बुझाएको जानकारी दिइएको थियो । संस्थाका अध्यक्ष विनोद श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम बालमुकुन्द मूल्मीले सञ्चालन गर्नु भएको थियो ।