शनिबार, बैशाख ८, २०८१

नयाँ विकल्प साप्ताहिक २४ बर्ष पूरा गरि २५ औं वर्षमा

 काठमाडौं असार ३ , वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडीको सम्पादकत्वमा प्रकाशित हुँदै आएको नयाँ विकल्प साप्ताहिकले प्रकाशन कालको  २४ बर्ष पूरा गरि २५ औं वर्षमा  प्रवेस  गरेको छ । आज भन्दा २४ वर्ष अघि प्रजातन्त्रको मियोका प्रारूपमा प्रकाशन सुरुभएको प्रस्तुत पत्रिकाले यसवीचमा अनेकन आरोह रअवरोध पार गर्नुको अलावा तत्कालीन राज्यपक्षको वक्रदृष्टिको समेत सामाना गर्नु परेको थियो ।

यद्यपी प्रजातन्त्रको वलकालतका साथ स्वरोजगार मुखी पत्रपत्रिकाका रुपममा रहेको नयाँ विकल्प साप्ताहिकले २५ वर्ष पूरा गरेको अवसरमा पत्रिकाका सम्पादक दवाडीले आज आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, सचिवद्दय रामप्रसाद दाहाल, प्रकाश थापा, पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष एनके दाहाल, महासचिव श्रीजन झा , वरिष्ठ पत्रकार हरिविनोद अधिकारी, लोकतान्त्रिक राष्ट्रिय छापा माध्यमका महासचिव भिष्म ओझा र अर्जुन मैनाली , पदमराज जोशी र काठमाडौं प्रेस युनियनका सचिव महेश गौतम लगायतका  पत्रकारहरुलाइ आमन्त्रण गर्दै मुलकुको पछिल्लो परिवर्तन र पत्रकारिताका जगतको सवालमा चिन्तन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।