बिहिबार, चैत्र १५, २०८०

नयाँ वर्षलाई स्वागत गरी ‘तमु ल्होसार’ मनाइँदै

काठमाडौ पुुस १५ , गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । सम्वद्ध समुदायका अनुसार ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको बताएका छन ।

त्यसैगरि ल्होछारका सम्बन्धमा प्राप्त जानकारी अनुसार ल्होछार कहिलेबाट सुरु भयो भन्नेबारे कुनै पनि प्रामाणिक स्रोत नभए पनि मुख्य गरिकन कालीगण्डकी र बुढीगण्डकीको बीचमा बसोबास गर्ने तमु समुदायको सँस्कृतिका रुपमा गुरुङहरुले अनादि कालदेखि यस परम्परा सुरुवात गरेको विश्वास सहित ल्होछारलाई प्राकृतिक नियमसँग सम्बन्धित अर्थाथ सौर्यमन्डलको गतिअनुरुप मनाईने एक महत्वपूर्ण पर्वका रुपमा मनाउँने गरेको र आजबाट अर्थात पौष १५ गतेबाट पृथ्वी दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धमा फर्कने भएकाले त्यही दिनदेखि गुरुङहरुको नयाँ वर्ष प्रारम्भ बताइएको छ ।

‘तमु ल्होसार’ पर्वका अवसरमा यसअवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले आफ्नो धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार सर्प वर्गलाई बिदाइ गरी घोडा वर्गलाई स्वागत गर्दै नयाँ वर्षका रूपमा ल्होछार पर्व मनाईने गरिन्छ ।पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष देखि
सार्वजनिक विदा कटौती गरेको छ । त्यस्तै प्रस्तुत पर्वको अवसरमा आज राजधानीस्थित टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना हुने र त्यस कार्यक्रममा मुलुकका विशिष्ट नेतागणको उपस्थिती रहने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।