बुधबार, बैशाख १२, २०८१

नयाँ इतिहास कायम गर्दै नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियन भए

श्रवण झा/काठमाडौं बैशाख २३,नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियन भएको छ । बर्मुडामा भएको प्रतियोगिताको फाइनलमा नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै नयाँ इतिहास रचेको हो ।बर्मूडाको हमिल्टन रंगशालामा भएको फाइनलमा नेपालका व्याट्सम्यान प्रदीप ऐरी र शरद् भेषवाकरले अर्धशतक प्रहार गर्दै नेपालले उपाधि उचालेको हो । अब नेपालले न्युजिल्यान्डमा १० राष्ट्र सहभागी विश्वकप छनोट चरणमा सहभागिता जनाउने छ । त्यसको शीर्ष दुईमा पर्न सकेमा सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने विश्वकपमा खेल्न पाउने छ भने शीर्ष चारमा रहेका आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा रहने मौका पाउने छ ।