बुधबार, बैशाख १२, २०८१

नब गायिका श्रीया भन्छिन-संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ

काठमाडौ फागुन ३० , सांगीतिक नक्षत्रमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी नब गायिका श्रीया नेपाल बिगत ३ यतादेखि ब ब्यबसायिक गायिकाको रुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन ।

सुमधुर तथा जादुमय आवाजकी धनि नब गायिका श्रीयाले करिब आधा दर्जन गीतमा आफ्नो मिठो आवाज भरि सकेकी छिन । नेपालमा हुने विभिन्न मेला महोत्सबमा समेत आफ्नो प्रस्तुति दिएर चर्चा बटुल्दै गरेकी गायिका सुन्दर,सरल, मिलनसार स्वभाब र एक असल व्यक्तित्वकी रूपमा चिनिन्छन ।

 त्यस्तै नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि परेकी श्रीयाले सांगीतिक बजारमा आफ्नो छुट्टै पहिचान बनाएर स्थापित सक्दो प्रयास सहित अनुकुल परिस्थितिको खोजीमा छिन । र उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।
 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।