बिहिबार, बैशाख १३, २०८१

नगद रु एक लाख सहित उप्रेती सम्मानित

काठमाडौ असोज ६ , सामाजिक सेवा दिवसको अवसर पारेर रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषद्वारा अटिजम बालबालिकाको सेवामा क्रियाशिल बिशेष स्कुल तथा पुनःस्थापना केन्द्रकी संस्थापक तथा अध्यक्ष सबिता उप्रेती नगद रु १ लाख सम्मानपत्र दोसल्ला सहित रामबाबु-ज्ञानु सामाजसेवी पुरस्कार बाट सम्मानित भएकी छन ।

त्यस्तै काठमाडौ जन्म भइ नेदरल्यान्ड बसोबास गर्नु हुने इन्दिरा लामाले कोषद्वारा सम्मानित उप्रेतीको संस्थालाई आफ्नो तर्फबाट रु पच्चीस हजार उहाको तर्फबाट कोषले हस्तान्तरण गरिएको थियो।
उप्रेतीले विगत आठ बर्ष देखि आफ्नोसम्पुर्ण जीवन अटिजम भएका बालबालिकाको शिक्षा ,स्वास्थ र पुनःस्थापनामा समर्पित गर्दै आइरहेकी छन ।
संस्थामा हाल ४५ जना अटिजम भएका बालबालिकाले सेवा पाइरहेका छन भने २६ जना कर्मचारी लगायत थेरापिष्ट कार्यरत छ्न । नियमित स्रोत साधनको अभावमा पनि सिमित स्रोत साधन बाट संचालित उक्क्त संस्थाको कार्य उदाहरणीय छ । उप्रेतीले सम्मान पछि खुशी व्यक्त गर्दै यो सम्मानले हौसला प्रदान गर्नुको साथै जिम्मेवारी थपिएको बताइन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।