बिहिबार, बैशाख ६, २०८१

नक्कली स्याम्पु र BMC मसला उत्पादन गर्ने विडारीद्दय पक्राउ

 प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक तामाङ पक्राउ 

काठमाडौ कार्तिक २८,  महानगरीय प्रहरी परिसर काठमाडौले चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित आफ्नै घरमा ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रिजको नाममा नक्कली स्याम्पु र BMC  मसला बनाएर बिक्री वितरण गर्दे आएका धादिङ धार्केका बासुप्रसाद विडारी र ज्योति विडारीलाई पक्राउ गरेको छ ।

परिसरले आज पत्रकार सम्मेलन गरी भारतीय ब्राण्डको नककली मसला र स्याम्पु उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रशासन र स्थानीय जनप्रतिनिधीको रोहवरमा मङ्गलबार पक्राउ गरिएको जानकारी दिएको हो ।

प्रहरीले छापा मार्ने क्रममा ४४ कार्टुुन मसला, ११ बोरा मसलाको कच्चा पदार्थ, मसला प्याक गर्ने प्लाष्ट्रिक ११ वण्डल, तयारी स्याम्पुु ३७० बाकस, स्याम्पुुको कच्चा पदार्थ दुुई बाल्टिन, खाली ड्रम २० थान र ठूलो मेसिन तीन थान समेत बरामद गरेको जानकारी दिएको छ ।

यसैवीच महानगरीय प्रहरीवृत्त बानेश्वरले राजधानीको बुद्धनगर चोकमा प्रहरीलाई घुस दिने खोज्ने ट्रक चालक जीतबहादुर तामाङलाई पक्राउ गरेको छ । बा२ख ८१२९ नंको मिनिट्रकका चालक तामाङले मिनिट्रकको कागजपत्र चेकजाँचको क्रममा प्रहरीलाई रु १ हजार घुस दिन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।