मङ्लबार, बैशाख ११, २०८१

नक्कली नोटका छ जना कारोवारी पक्राउ

काठमाडौ फागुन १५,  नेपाल प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका ५ जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका २ व्यक्तिका साथबाट रु पाँच सयको नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा थप ६ जना नक्कली नोटका कारोवारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसरी पक्राउ पर्नेहरुमा धनुषा घर भई हाल ललितपुर नख्खीपोट बस्ने धिरजबहादुर ठकुरी र भोजपुर घर भई हाल नख्खीपोट बस्ने निगम राई , काठमाडौँ, कपन बस्ने भेषकुमार थापा, ललितपुर गोदावरी नगरपालिका–४ घर भई हाल ललितपुरको ताल्सीखेल बस्ने मनोज केसी र रामेछाप, घर भई हाल गोठाटार बस्ने नेमा तामाङ रहेका छन ।  त्यस्तै पक्राउ परेकाहरुलाई काठमाडौँ जिल्ला अदालतबाट खोटाचलन शीर्षक मुद्दामा मुद्दा अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।