शुक्रबार, बैशाख ७, २०८१

धादिङमा बाम गठबन्धन र काँग्रेका उम्मेदवारवीच जुहारी

जनतालाई झुठा आश्वासन बाँडदै बाम गठबन्धनका उम्मेदवार  पाण्डे

 धादिङ कार्तिक् २१,  धादिङ क्षेत्र न १ को प्रदेश सभा (क) को   सभासदमा उम्मेदवार बनेका बाम गठबन्धनका प्रत्यासी उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले फेरि सोझा स्थानीय जनतालाई मुर्ख बनाउन लागि परेको भन्दै स्थानीय उम्मेदवारवीच जुहारी चलेको छ ।    एमालेबाट राजनीति गर्दै आएका  र  पटक पटक संसद र मन्त्री समेत भईसकेका पाण्डेले यसपाली पनि फेरी यस क्षेत्रका जनतामाझ भ्रमको खेती  गर्दै  पटक पटक मन्त्री बन्दा कुनै  सुनवाइ नगर्ने  तर अहिले आएकार  यस क्षेत्रका जनतालाई एक बर्ष भित्र भुकम्प पिडितलाई आवास निर्माण गर्ने, स्वास्थ्य, खानेपानी, शिक्षा, कृषि लगायतको क्षेत्रमा विकाश गर्छु  भन्दै      भोट माग्दै हिडेको पक्षलाइ लक्षित गर्दै धादिङमा बाम गठबन्धन र काँग्रेका उम्मवदारवीच जुहारी चलेको हो।

चुनाबको मुखमा आएर भोटका लागि मिठामिठा कुरा गर्दै आउँने नेतालाइ जनताले निन्ह जरुरी भएको भन्दै स्थानीय बिगतका दिनमा जस्तै चुनाबी भाषण, प्रतिबद्धतामा मात्र सिमित नभएर यथार्तमानै काम गर्न सक्ने इमान्दार, कर्मठ र स्वच्छ छबि भएको आफ्नो नेता चुन्न पनि धादिङ क्षेत्र न १ जनता जागरुक हुनुपर्ने आवश्यकता औल्याएको छ ।

त्यस्तै चुनाबको मुखमा आएर भोटका लागि मिठामिठा कुरा नेता पाण्डेको रवैयाप्रति काँग्रेसको तर्फबाट सोहि क्षेत्रमा उम्मेदवार रहेका मदुकुमार श्रेष्ठले खरो प्रतिबाद गर्दै आफ्नो फेसवुपेजम लेखेका छन पटकपटक मन्त्री बनेका नेताले अहिले सम्म गर्न नसकेको कुरा अब एक बर्षमा पुरा गर्छु भन्दा जनताले कसरी विस्वास गर्ने भन्दै झुटको खेतीमा नलाग्न र जनतालाइ सचेत हुन आग्रह गरेका छन ।   साथै नेता श्रेष्ठले सम्पूर्ण धदिङ क्षेत्र १ प्रदेश सभा क का आमा बुवा दाजु भाई दिदी बहिनी हरुमा बिनम्र अनुरोध अहिले तपाईंको टोल टोलमा झुट बोल्दै भोट माग्न आउदैछन । त्यसैले अब बिचार गर्ने बेला आएको पक्षतर्फ सचेत गराएका छन ।