बिहिबार, बैशाख ६, २०८१

धर्मगुरु रामरहिम  बलात्कार मुद्धामा दोषी ठहर , फैसला लगत्तै हरियाणामा हिंसा भड्को , २ सय प्रदर्शनकारी घाइते ३० को मृत्यु

एजेन्सी भाद्र १०, धर्मगुरु गुरमित रामरहिम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि उत्तरी भारतीय सहर अर्थात हरियाणामा सयौं सैनिक तैनाथी वावजुद पनि भएको ग भएको भीषण झडपमा परी कम्तीमा २ सय प्रदर्शनकारी घाइने हुनुको अलावा ३० व्यक्तिको मृत्यु भएको समाचार Captureएजेन्सीहरुले जनाएको छ ।

धमएगुरु गुरमितले आफ्ना २ जना अनुयायीहरुलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनीलाई शुक्रबार दोषी प्रमाणित गर्दै फैसला गरे लगत्तै गरेपछि सो प्रदर्शन सुरु भएको थियो ।  प्रदर्शनको क्रममा धर्मगुरु गुरमितका हजारौं समर्थकहरुले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडीहरु, सार्वजनिक तथा निजी सवारी–साधनहरु, भवनहरुलगायतमा तोडफोड आगजनीसमेत गरेका सरकारी अधिकारीहरुले बताएका छन् ।