शनिबार, बैशाख ८, २०८१

दोस्रो चरण अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु

काठमाडौं मंसिर २१ , आज मंसिर २१ अर्थात प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्र्तगत विहान ७ बजे देखि उपत्यकाको १५ निर्वाचन क्षेत्र लगायत मोफसलका विभिन्न निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । मतदाताहरु विहानैदेखि मतदानका लागि लाइन बस्दै आफ्नो प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको चयन गर्न हौसिएका छन ।

 प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटका लागि गत मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ भने आज दोस्रो चरण अन्र्तगत प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि निर्वाचन हुँदैछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।