शनिबार, बैशाख ८, २०८१

दोरम्बामा ३ दिने बृहतनिःशुल्क स्वास्थ्य शिविरको आयोजना

काठमाडौं फागुन १२, जनता बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व कार्यक्रम अन्र्तगत  रामेछापको दोरम्बागाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्यशिविर, आँखाशिविर र स्तनक्यान्सर सम्बन्धी जनचेतना कार्यक्रमका आयोजना गरिएको छ ।

देशको विभिन्न क्षेत्रम विशेष गरी स्त्रिीतथा प्रसूति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविर संचालनगर्ने क्रममा ग्रामिण स्वास्थ्य अवस्थालाइ दृष्टिगत गर्दै रामेछाप जिल्लाको दोरम्बागाउँपालिकामा ३ फागुन ८ गते देखि ३ आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतनाकार्यक्रम को आयोजना गरिएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखाअस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर कार्यक्रम र रोज फाउण्डेसन र नेपालक्यान्सर अस्पतालको सहयोगमा क्यान्सर सम्बन्धि सचेतना कार्यक्रमको सेवाप्रदान गरिएको उल्लेख गरिएको छ ।
त्यस्तै स्वास्थ्य शिविरहरुमा १ हजार भन्दाबढीकोे बृहत स्वास्थ्य परिक्षण गरिएको थियो जस मध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीलाई आबश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।

स्त्री रोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ । बैंकबाटउक्त रिफर भएकामहिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।