शुक्रबार, चैत्र १६, २०८०

देशको कला संस्कृतिलाई जीवन्त राख्न सरकारले ऐतिहासिक कदम चाल्नु पर्नेमा जोड

काठमाडौं असोज ८, इन्द्रजात्रा पर्वको अवसरमा देवी नाच प्रबद्र्धन तथा संरक्षण समितिले आइतवार राजधाानीमा ऐतिहासिक देवी नाच विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।  नेपाललाई विश्वसामु चिनाई राखेको बताउँदै यस्ता संस्कृतिलाई जीवन्त राख्न विश्व परिचित देवीनाचले भोगिरहेका समस्याहरु जनमानसमा पु¥याउने उद्देश्यले आयोजित गोष्ठिमा नाचको मार्मिकतालाइ संरक्षण गर्न सरोकारवालाहरुले माग गरेका छन ।

देवीनाचमा प्रयोग हुने सामाग्रीहरुलाई जोगाउन म्यूजियमको आवश्यकता, नाचलाई जीवन्त राख्न प्रतिष्ठानको स्थापना, प्रत्येक १० वर्षमा चाहिने बाघको छाला सहज र समयमै उपलब्ध हुने व्यवस्था, देवीनाचका सम्पूर्ण सदस्यहरुलाई वार्षिक सांस्कृतिक भत्ता, देवीनाचको निमित्त आगम घरको व्यवस्था, हनुमान ढोकामा प्रवेश गर्ने पर्यटन टिकटबाट उठेको रकमबाट केही प्रतिशत देवी नाचको नाममा अक्षयकोषको व्यवस्था लगायत विभिन्न माग गरिएको छ ।  त्यसअवसरमा संस्कृतिविद शताब्दीपुरुष सत्यमोहन जोशीले देशको कला संस्कृतिलाई जीवन्त राख्न सरकारले ऐतिहासिक कदम चाल्नु पर्ने बताए ।  तर का.म.पा.का मेयर विद्यासुन्दर शाक्यले वर्तमान समयमा संस्कृति र सम्पदामाथि राजनीतिकरण भइरहेको भन्दै यसको संरक्षणको लागि राजनैतीक भावनाभन्दा माथि उठ्नुपर्ने बताउँदै स्थानीय संस्कृति, सम्पदाको उत्थानको लागि केहि गर्न खोज्योकी दलीय पूवाग्रहसहित अदालतमा उजुरी हालेर बाटो रोकिदिने काम भैरहेको बताए । यद्यपी संस्कृति संरक्षको हकमा कामपाले सरोकारवालासंगको सहकार्यमा नयाँ आयाम सिर्जना गर्ने बताए ।

स्तै सांसद् रामबीर मानन्धरले संस्कृतिको संरक्षण हुन सके समुदायको पनि संरक्षण हुनेमा जोड दिँदै यहाँका स्थानीय संस्कृति, सम्पदाको संरक्षणका लागी आफुले सांसद्हरुको सञ्जालको विकास गर्ने योजनामा रहेको बताए । साथै सासंद मान्न्धरले दीप्याखंको कोषको लागी मानन्धरले व्यक्तिगत रुपमा रु.५० हजार सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ। 

त्यसैगरी पूर्व राज्यमन्त्री तीर्थराम डंगोलले स्थानीय जनता स्थानीय संस्कृतिको संरक्षणमा सचेत हुनुपर्ने तर यसैमा मात्र सिमीत हुनुनहुने विचार राख्नुभयो । ‘अब यहाँको स्थानीय जनताले देउता बोक्ने होइन, देश बोक्नुपर्छ । देउताको रथ तान्ने होइन, देशलाई तान्नुपर्छ । अनि यहाँको स्थानीय संस्कृतिको संरक्षण पनि स्वतः हुन्छ’ डंगोलले भने ।

कार्यक्रममा उपस्थित जनप्रतिनिधीहरु, संस्कृतिप्रेमी सर्वसाधारणको तर्फबाट आजै रु.२० लाख आर्थिक सहयोग संकलन भएको छ । यसलाई बढाउँदै लग्ने यसै रकमबाट दीप्याखंको आगमघरको जिर्णोद्धार गरिने साथै दीप्याखंको दीगो व्यवस्थापनका लागी योजना तर्जुमा गर्ने दीप्याखं (देवी नाच) प्रवद्र्धन तथा संरक्षण समितिले जनाएको छ ।

सो कार्यक्रममा का.म.पा. १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले गुठी संस्थानले गर्दै आइरहेको क्रियाकलाप नगरपालिकालाई हस्तान्तरण गर्न सरकारसँग माग गर्नु भयो । अहिले यस्तो समस्या देवी नाचलाई मात्र होइन सम्पूर्ण जात्रा पर्व संस्कृतिलाई परेको समस्या हो यसलाई सबै मिलि समाधान गर्नु पर्ने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।