शुक्रबार, बैशाख ७, २०८१

देशको आर्थिक वृद्धिदर वृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण : पूर्वमन्त्री बस्नेत

 भक्तपुर कार्तिक १६,  पूर्व उद्योग मन्त्री एवम् भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले सहकारीले पछिल्लो समय सहकारीले सदस्यलाई आत्मनिर्भर बनाउँनुको अलावा देशको आर्थिक वृद्धिदरलाई बढाउन महत्वपूर्ण भूमिका रहेको   बताउँनु भएको छ ।

सासंद बस्नेतले आज नागरिक बचत तथा ऋण सहकारी संस्थाको भवन उद्घाटन गर्दै नागरिक बचत तथा ऋण सहकारी संस्थाले उपत्यकाको नै अग्रही सहकारीमा पर्ने बताउँदै सहकारीले आफ्ना सदस्यलाई स्वरोजगार बनाउँनसमेत त्यतिकै भूमिका खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
त्यस्तै उहाँले भक्तपुरमा निर्माणको प्रकृयामा रहेका स्थानीय स्तरका तथा राष्ट्रिय गौरवका आयोजनाहरु सफल बनाउनु बर्तमान निर्वाचित जनप्रतिनिधि तथा सम्बन्धीत निकायको मुख्य जिम्मेवारी रहेको जिकिर गर्दै सडक, बत्ति, सरसफाई, खानेपानी, सांस्कृतिक, धार्मिक, पर्यटकिय क्षेत्रको विकास नै अहिले  आम भक्तपुरका जनताको चाहना भएको बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।