शनिबार, बैशाख ८, २०८१

देवदहमा वृहत रक्तदान

काठमाडौं साउन १९,  नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर समिति र देवदह उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वुहत  रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।  उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकाल र नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह नगर समितिका अध्यक्ष विजय गुरुङको संयुक्त सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको औपचारिक त्रिको देवदह नगरपालिकाका प्रमुख हिरा खत्री,अतिथिहरुमा रेडक्रस रुपन्देहीका मन्त्री कृष्ण पंगेनी,देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदमबहादुर थापा लगायतले मन्तव्य राख्नु भएका थियो ।

नगर प्रमुख खत्रीले देवदह नगरपालिकाका नागरिकको लागि नि शुल्क रगत पाउने व्यवस्थाका लागि छिटोभन्दा छिटो कार्यपालिकाको बैठकबाट नितिगत निर्णय गरिने जनाउ दिनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले विभिन्न व्यक्तिलाइ मायाको चिनो प्रदान गर्नु भएको थियो भने कार्यक्रमका सभापतिद्दयले प्रमुख अतिथि कर्माचार्यलाई   मायाको चिनो प्रदान गरि सम्मान गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।