बिहिबार, बैशाख १३, २०८१

दुर्घटनाको छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा जाँचबुझ आयोग गठन

काठमाडौ फागुन २८,  बंगलादेशको राजधानी ढाकाबाट आएको   विमान अवतरणका क्रममा सोमबार दिउँसो २ बजेर १८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान  दुर्घटनको  यर्थाथ जानकारी पत्ता लगाउँन  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले युएस बंगला एअरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

 गठित आयोगमा नेपाली सेनाका प्रमुख सेनानी डा .राजीव देव, क्याप्टेन के के शर्मा, सुनील प्रधान, इन्जिनियर उद्धवप्रसाद सुवेदी र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेको छन् र आयोगलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिनु भएको छ ।   दुर्घटनामा अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइतेको राजधानीका विभिन्न अस्पतालमा चार भइरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।