बिहिबार, चैत्र १५, २०८०

दुई दिने भ्रमणको लागि पाकिस्तानी प्रम अब्बासी आज नेपालआउँदै

काठमाडौं फागुन २१, पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहन्छ ।
३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुई दिने नेपाल भ्रमणमा आउँदै गरेको पाकिस्तानी प्रधानमन्त्री अब्बासीले दुई दिने भ्रमणको क्रममा प्रधानमन्त्री केपी ओलीसंग भेटवार्ता गर्नुको अलावा मंगलवार बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत शितलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि प्रधानमन्त्री अब्बासीलाइ अर्थमन्त्री डा युवराज खतिवडाले स्वागत गर्ने र र सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । त्यसपछि उहाँ होटल याक एण्ड यतीमा पुग्नेछन् । उनको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रीभोजको आयोजना गर्नु भएको छ  त्यस्तै नेपालस्थित पाकिस्तानी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार प्रधानमन्त्री अब्बासीले राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । तर भेटवार्ताको समय भने तय नभएको बताईएको छ । त्यसलगत्तै उहाँ स्वदेश फर्कनेछन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।