शुक्रबार, बैशाख ७, २०८१

दिवंगत पितृ उद्धारका कामना गदै देशभरका शिवमन्दिरमा दीपदान गरिदै

काठमाडौ मंसिर १९, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान एवमु भजनकीर्तन कार्यक्रमको आगोजना गरिदैछ । मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायतका शिवालयमा साँझ बत्ती बाली रातभर जाग्राम बसेर चतुर्दशीका दिन बिहानदेखि शतबीज छर्दा मृत पितृआत्माका उद्धार हुन्छ भन्ने जनविश्वास सहित दिप दान गर्ने गरिएको हो ।
त्यसको भोलिपल्ट अर्थात मार्गकृष्ण चतुर्दशीका दिन पितृ उद्धारका कामना गदै आज पशुपतिलगायत विभिन्न शक्तिपीठमा शतबीज अर्थात छरेर ९धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो बालाचतुर्दशी मनाइँने गरिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वको अवसरमा देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको उपस्थितीसंगै आज पशुपतिमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

धर्मिक कथन अनुसार भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा वालाचतुर्दशीका दिन दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गर्ने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु