बिहिबार, बैशाख १३, २०८१

दिनेश र सिमाको तिज कोशेली पाउजु बरिलै

 काठमाडौं भाद्र ५, महिलाहरुको महानपर्व तिज नजिकिदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ । लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै   बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने शब्द दिनेश थापा र सरोज लामिछानेको रहेको छ । 

 रकेश वलीको संगित संयोजनमा तयार भएको यस गितको भिडियो बिक्रम चौहानले निर्देशन गर्नुभएको छ । प्रकाश खड्काको छयांकन तथा मिलन विश्वकर्माको सम्पादनमा बनेको यस गितको भिडियोमा मोडल ऋतु तामाङ्ग र दिनेश थापाको अभिनय निकै जमेको देखिन्छ । गोर्खा चौतारी म्युजिक प्रा। लि। ले बजार ब्यवस्थापन गरेको यस गितमा उमेर पुगेकी दिदी र भाई बिचको ठट्टौली शब्द रहेको छ ।

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।