बिहिबार, चैत्र १५, २०८०

दाम सहितको खाम बाँडदै धर्म परिवर्तन गराउँदै हिडेका दुई विदेशीसहित पाँच अभियुक्त पक्राउ

काठमाडौं बैशाख ११ , अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, सङ्खुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्लेलाइ दाङ प्रहरीले पक्राउ गरेको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार पक्राउ परेका अभियुक्तहरुले दाङ घोराहीबजार आसपाकिा क्षेत्रमा बाइबल र पैसा बोकेर स्थानीय सोझासिधा नागरिकलाइ विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्मको प्रचार गर्दै मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तनको लागि प्रभावित पार्दै गरेको अवस्थामा पक्राउ गरेको उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा प्रहरीले बा१३प ३१९६ स्कार्पियो गाडी, बाइबल, रकम राखिएका खाम समेत बरामद गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।