बुधबार, बैशाख १२, २०८१

दलगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न पूर्व प्रम देउवाको आग्रह

काठमाडौ वैशाख १,  नयाँ वर्ष २०७५ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

त्यस्तै सन्देशमा उहाँले नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई संविधानको सफल कार्यान्वयन भइसकेको र संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख गर्दै प्राप्त ऐतिहासिक उपलब्धिको रक्षाका लागि सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनुपर्ने बेला आएको बताउनुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।