शनिबार, बैशाख ८, २०८१

दरवार हत्यकाकाण्डको १७ वर्ष , हत्याकाण्डको तथ्य  र हत्यारा अझै गुमनाम

 काठमाडौं जेठ १९ ,  हत्याकाण्डको तथ्य आज ज्येष्ठ १९ अर्थाथ मुलुकमा अकल्पनीय एवम् विभत्स घटना भएको दिन । त्यो दिन जुन दिन सम्पूर्ण नागरिको आँखाबाट बलिन्द्र धारा आँसु खसेको दिन । हो आज भन्दा ठीक १६ वर्षअघि ज्येष्ठ १९ गतेकै राति कहालीलाग्दो दरवार हत्याकाण्ड भएको दिन आफ्ना प्यारा राजा विरेन्द्रको वंशविनास भएको दिन । तत्कालीन् राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका दश जना सदस्यको निर्मम हत्या भएको दिन । घटनाको १६ वर्षपछि पनि त्यो हत्याकाण्डको वास्तविक तथ्य अझै उद्घाटित हुन सकेको छैन । २०५८ साल ज्येष्ठ १९ गते राति भएको सो गोलिकाण्ड अझ पनि रहस्यकै रुपमा छ ।

राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएको बेलामा भएको उक्त गोलीकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जना क्रमस तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या गरिएको थियो । यो त्रासदीपूर्ण घटनापछि मुलुकको राजनीतिले नया मोड लियो र यस वीचमा भएको जनआन्दोलन २०६२र६३ को सफलतासंगै नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । घटनाको १६ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य अझै बाहिर आउन सकेको छैन ।

यसवीचमानै मुलुकको कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा आसिन नेकपा अण्डरलाइका अध्यक्ष केपी ओलीले वेलावखत हत्यारा पत्ता लगाइ कारावाही गर्ने प्रतिबद्धता जनाएपनि उहाँले आफ्नो भनाईलाई कार्यान्वयनमा ल्याउन सकेनन भने त्यसपछिका अन्य कार्यकारी प्रमुखहरुले पनि प्रस्तुत प्रङगमा आफ्नो नजर अन्दाज सहितको मौनतालाइ कायमनै राखेका कारण दरवार हत्या काण्ड पछाडिका रहस्य अझैपनि नसुल्झिएको रहस्यका रुपमा गुमनामनै रहन पुगेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।