शनिबार, बैशाख ८, २०८१

दरबारमार्गका उपभोक्ता ठग्ने ८ व्यापारी पक्राउ

काठमाडौं कार्तिक १५, महानगरीय प्रहरी परिसरले मंगलबार उपभोक्तालाई ठगी गरेको आरोपमा दरबारमार्गका ८ ब्राण्डेड पसलका सञ्चालकलाइ पक्राउ गरेका छन ।

यसरी पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जनका साथै एडभेञ्चर आउटडोरका रोशन ओडारी लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्केटिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारी रहेको प्रहरीले जनाएको छ ।   ठग व्यपारी प्रक्राउप्रकरण पछि आवश्यक अनुसन्धान चलिरहेको परिसरले जनाएको छ