शनिबार, बैशाख ८, २०८१

दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार झालाई

 काठमाडौं असार २२,  नेपाल पत्रकार महासंघ कास्की शाखाले दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झालाइ सम्मानीत गर्ने भएको छ ।

 प्रजातन्त्रका सेनानी स्व दयाशंकर पालिखेको स्मृतिमा पालिखे परिवारवाट स्थापित प्रस्तुत पुरस्कारको संयोजन पत्रकार महासंघ कास्कीले गर्दैआइरहेका छन । यसैक्रममा महासंघ कास्की शाखाको आजको बैठकले पुरस्कृत व्यक्ति झाको  नाम अनुमोदन गरेको हो । पुरस्कारको धनराशी नगद ३३ हजार ३३३ सहित ताम्रपत्र र दोसल्ला सम्मान रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।