शुक्रबार, चैत्र १६, २०८०

दक्षिण कोरियासँग पराजितभएसंगै विश्वकपका साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरिए

 आज कोलम्बियालाई सेनेगलसंग जित्नैपर्ने दबाब

काठमाडौ असार १४,  रुसमा जारी विश्वकपअन्तर्गत विश्वकपका साविक विजेता जर्मनी यसपटक विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।  गएराति भएको समूह एफ को खेलमा दक्षिण कोरियासँग २-० ले पराजित भएसंगै   जर्मनी विश्वकपबाटै बाहिरिएको हो ।  एसियाली मुलुक दक्षिण कोरियाले विश्वकप फुटबलको इतिहासमा कोरियालाई विजयी गराउन किम योङ ग्वान र ह्युङ मिन सनले ईन्जुरी समयमा दुई महत्पूर्ण गोल गरेका थिए ।

त्यस्तै र्गरातीकै अर्को खेलमा मेक्सिकोलाई ३९० ले पराजित गर्दै स्विडेन विश्वकप फुटबलको अन्तिम १६मा पुगेको छ भने मेक्सिको समूह उपविजेता बन्दै अन्तिम १६मा पुगेको छ ।  यसैवीच आजबाट विश्वकप फुटबलको लिग चरणका खेल सकिंने भएको छ ।

 आज समूह जी र एचका चार खेलमा   समूह चरणबाटअन्तिम १६ का लागि साँझ  पौने ७ बजे जापान र पोल्यान्ड त्यस्तै सेनेगल र कोलम्बिवीचको   खेल हुनेछ । जापानको सेनेगलको दुवै टिमको ४ अंकको खाता रहेको छ ।  आजको खेलमा जापान र सेनेगलका लागि आजको खेल बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब रहेकोछ ।  त्यस्तैगरि राति पौने १२ बजे बेल्जियमसंग इङ्ल्यान्ड र भिड्दा ट्युनिसियासंग पानामाको खेल हुनेछ । यसवीचमा बेल्जियम र इङ्ल्यान्ड अन्तिम १६मा पुगिसकेको अवस्था छ भने मुलत आजकोखेल समूह विजेताको पहिचानका लागि मात्र भएको बताइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।