बिहिबार, चैत्र १५, २०८०

दंगल प्रतियोगीतामा  पहलवान चौहानलाइ शिर्ष उपाधी 

 नवलपरासी असोज २२, नवलपरासीमा जारी ४६ औँ अन्तराष्ट्रिय कुस्ती (दंगल ) प्रतियोगीताको उपाधि भारतले जित्न सफल भएको छ । भारत आजमगढका जितेन्द्र चौहान पहलवानले उपाधि जित्न सफल भएका हुन् । यसैगरी द्धितिय पुरस्कार दुई जना भारतकै खेलाडीले पाउन सफल भएका छन् । द्धितिय पुरस्कार भारत कमाशेका पहलवान राजन मिश्रा र भारत महाराजगंज अनि शैलेश पहलवानले बिच खेल बराबरी हुदा संयुक्त रुपमा पाउन सफल भएका हुन् ।

बिजयी प्रथम पहलवानले नगद २१ हजार र द्धितिय हुने पहलवानले ११ हजार सहित मेडल प्रमाण प्राप्त गरेका गरेका छन् । विराट दगंल (कुस्ती) ब्यवस्थापन समिती रामग्राम नवलपरासीद्वारा आयोजीत प्रतियोगीतामा बिजयी खेलाडीलाई रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बितरण गर्नुभएको थियो ।
लोकउन्मुख कुस्ती खेलको प्रबद्र्धनकालागी प्रत्येक बर्ष नेपाल र भारतका पहलवान बिच प्रतियोगीता गर्दै आएको विराट दगंल (कुस्ती) ब्यवस्थापन समिती मिथिलेश अग्रहरीले जानकारी दिनुभयो ।  प्रतियोगीतामा नेपाल र भारतका गरी ४० जना पहलवानहरुले प्रतिष्पर्धा गरेका थिए