शुक्रबार, चैत्र १६, २०८०

थिमिको बालकुमारीमा सिन्दुर जात्रा सहित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइयो

काठमाडौँ वैशाख २, बिस्केट जात्राको छैठौ दिन आज मध्यपुर थिमिको बालकुमारीमा एकाबिहानै ३२ खटसहितको सिन्दुर जात्रा र दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । सिन्दुर जात्राको क्रममा बालकुमारी र सिद्धिकालीको गणहरुसहितका खट ल्याएर बालकुमारी प्रवेश गराएपछि जात्राको सुभारम्भ गरिएको हो।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।

त्यस्तै सिन्दुर जात्रा मनाइने क्रममा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन बोकेको येजात्रामा धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गरिएको थियो ।

यसैवीच आजै थिमीको बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा पनि मनाइन्छ । बुद्धकृष्ण बागश्रेष्ठले जिब्रो छेड्दै छन् ।

जिब्रो छेड्ने जात्राका लागि कर्मी र नाइकेले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो  बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले सयौं मानिसहरूकै अगाडि बुद्धकृष्णले सातौं पटक   जिब्रो छेड्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।