शुक्रबार, चैत्र १६, २०८०

त्रासदी भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

काठमाडौ बैशाख १२,  राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पु¥याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गदै घाइते र पीडितमा गहिरो माया व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीको ट्वीटरमा उल्लेख छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।