काठमाडौं फागुन १४ , विशिष्ट श्रेणीका तीन सचिवसहित निजामती सेवाका करिब ४ हजार कर्मचारीले स्वैच्छिक अवकाश लिन आवेदन दिएका छन् । अवकाश रोज्नेमा तल्लो तह र श्रेणीविहीन कर्मचारी बढी छन् । सामान्य प्रशासन मन्त्रालयको स्वैच्छिक अवकाश इकाईका अनुसार निजामती प्रशासनबाट प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने अवकाशयोग्य कर्मचारीबाट आवेदन लिइएको हो । मन्त्रालयले स्वैच्छिक अवकाशमा जान चाहने ५० वर्ष उमेरहद र २० वर्ष सेवा अवधि कटेका कर्मचारीलाई ४५ दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिन सूचित गरेको थियो । उक्त म्याद आइतबार सकिएको छ ।
भूमिसुधार मन्त्रालयका सचिव शम्भु कोइराला, संसद् सचिवालयका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्र कार्कीले स्वैच्छिक अवकाश रोजेका छन् । १३ सहसचिव र ४० उपसचिवले पनि समायोजन अस्वीकार गरी अवकाश लिन आवेदन दिएका छन् । अवकाश रोज्नेलाई ७ वर्षको पेन्सन सुविधा एकमुष्ट दिइनेछ । विभिन्न मन्त्रालय, विभागहरू र उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट ७ सय कर्मचारीले मात्र अवकाशका लागि निवेदन दर्ता गराएको जानकारी इकाईका उपसचिव धर्मराज रोकायले दिए । उपत्यकाबाहिरका जिल्लाबाट करिब ३ हजार कर्मचारीले अवकाश रोजेका छन् । देशभरका जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका आवेदन आगामी फागुन १९ सम्म इकाईमा आइपुग्ने उनले बताए ।
‘तीन हजार ७ सय ४८ कर्मचारीले स्वैच्छिक अवकाशमा जान आवेदन दिएको जिल्ला प्रशासन कार्यालयहरूका टेलिफोन सम्पर्कबाट जानकारी लिएका छौं,’ उनले भने, ‘उपत्यकाबाहेक ७४ वटै जिल्लामा आवेदन लिइएकाले यो तथ्यांक सामान्य तलमाथि हुन सक्छ ।’
निजामती सेवामा ५० वर्ष उमेर पुगेका र सेवा अवधि २० वर्ष पूरा गरेका अवकाशयोग्य २२ हजार कर्मचारी छन् । सबैलाई अवकाश दिन ७० अर्ब खर्च लाग्ने अनुमान गरिएकोमा आवेदन कम परेकाले करिब १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । ‘स्वैच्छिक अवकाशमा जाने कर्मचारीले ७ वर्षको पेन्सन एकमुष्ट पाउँछन्,’ रोकायले भने, ‘तल्लो तहका कर्मचारीले कम्तीमा १५ लाख र माथिल्ला तहले ३५ लाखसम्म बुझ्ने छन् ।’ सातवटै प्रदेशबाट अवकाश चाहने कर्मचारीको विवरण उपलब्ध भएपछि मन्त्रालयमा बुझाइने जानकारी इकाईले दिएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका पालामा संसद्ले सेवा अवधि एक दिन बाँकी हुँदासमेत अवकाशमा जान पाउने गरी समायोजन विधेयक पारित गरेकामा नयाँ सरकारले एक वर्षभन्दा कम सेवा अवधि भएका कर्मचारीलाई यो प्याकेजमा सहभागी नगराउने नीति ल्याउन लागेको जानकारी मन्त्रालयका एक अधिकारीले दिए । ‘स्थानीय तहदेखि प्रदेशसम्म कर्मचारी अभाव छ,’ ती अधिकारीले भने, ‘स्वैच्छिक अवकाशले राज्यको व्ययभार बढ्छ, खाली दरबन्दीमा पुन: कर्मचारी भर्ना गर्दा झन् खर्च थपिन्छ ।’ सरकारले जारी गरेको कर्मचारी समायोजन ऐन– २०७४ अनुसार समायोजनमा जान इच्छुक नभएको भन्दै कर्मचारीले अवकाशका लागि निवेदनदिएका हुन् ।
अपेक्षाअनुसारको संख्यामा आवेदन नपरेको सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवराम न्यौपानेले बताए । ‘१० देखि १३ हजार कर्मचारीले आवेदन दिने सोचेका थियौं, कर्मचारीहरू स्वैच्छिक अवकाश लिन कम आकर्षित देखिए,’ उनले भने । अवकाशमा नगएका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने मन्त्रालयको योजना छ । त्यसका लागि संघ, प्रदेश र स्थानीय तह निजामती सेवा ऐनको मस्यौदा भइसकेको छ । नियमावली बनाएर समायोजन प्रक्रिया थाल्ने मन्त्रालयको तयारी छ । समायोजनपछि कर्मचारीहरू संघका १८ मन्त्रालय, प्रदेशका ७ मन्त्रालयसहितका निकाय, नगरपालिका र गाउँपालिकामा खटिनेछन् । उच्चस्तरीय कार्यदल बनाएर समायोजन गरिसक्न कम्तीमा ६ महिना लाग्ने न्यौपानेले उल्लेख गरे । उक्त ऐनअनुसार करिब एक लाख कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन हुनेछन् । कान्तिपुरबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान