शुक्रबार, बैशाख ७, २०८१

“तिमीलाई पनि मलाई जसतै”

Capture

तिमीलाई पनि मलाई जसतै
छ कि छैन गारो भाको जीउन
तिमी बिना हाँस्न भुलेछु मैले
तिमीले रुन सिकेकि छ्यौ कि छैनौ
तिमीलाई पनि मलाई जसतै ………

साथी संगी सबै नाता
वरपर झुम्मीएकै हुँदा पनि
एक्लै एक्लै लाग्छ मन किन किन
तिमीलाई पनि मलाई जसतै
छ कि छैन गारो भाको हाँस्न
तिमा बिना जीउन भुलेछु मैले
तिमीले मृत्यु देखेकि छ्यौ कि छैनौ
तिमीलाई पनि मलाई जसतै ………

हाँसो खुशी उमंग सारा
जिवनमा छाएकै बेला पनि
उदासीले पिरोली बस्छ किन किन
तिमीलाई पनि मलाई जसतै
छ कि छैन गारो भाको हिंड्न
तिमी बिना अघि बढ्न छोडेछु मैले
तिमीले रोकि हेरेकि छौ कि छैनौ
तिमीलाई पनि मलाई जसतै ………

– गौतम डंगोल “सन्देश”

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2017
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31