शनिबार, बैशाख ८, २०८१

तासको खालबाट वडा सदस्य सहित ७ पक्राउ

उदयपुर असोज १४ ,  उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रबाट तास खेलिरहेको अवस्थामा वडा सदस्य सहित सात जना पक्राउ परेका छन । त्रियुगा नगरपालिका वडा नंं ११ स्थित होटल ए वान एलम्बरबाट शुक्रबार राती त्रियुगा नगरपालिका नेकपा एमालेबाट विजयी वडा नं. ११ का सदस्य विष्णु कुमार श्रेष्ठ सहित सात जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टको कमाण्डमा रहेको प्रहरी टोलीले सर्च गर्ने क्रममा ति जुवाडेहरु प पक्राउ परेका प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ११ बस्ने बर्ष ४० को दुर्गा ब. श्रेष्ठ, बर्ष ४० को शुरेश पराजुली, बर्ष ४१ को राजु तुलाधर, बर्ष २६ को अरबिन खत्री, बर्ष ३८ को हिराकाजी राई, बर्ष ३६ को प्रमोद पोखरेल रहेका छन ।

होटलको तेस्रो तल्लामा हो हल्ला गरि तास खेलिरहेको अबस्थामा ५२ पत्ती तास र एक लाख ५६ हजार ४ सय ८५ नगद समेत बरामद गरेको छ । । यस अघिका प्रहरी प्रमुख नरबहादुर केसीको सेटिङमा उक्त होटलमा जुवा तास खेलाईने गरेको सर्वसाधरणले आरोप रहेको छ ।   उदयपुरमा प्रहरी प्रमुख परिवर्तनभएसँगै लागूऔषध, जुवातास, सार्वजनिक अपराधका घटनाहरुमा संलग्नहरु कानुनी दायरामा आएका छन । त्रियुगा नगरपालिका वडा नं. ११ ले जुवा तास रहित दशै मनाउनको लागि अभियान नै संचालन गरेको थियो । तर वडा सदस्यले दिनभर अभियान संचालन गरि जुवा तास नखेल्नु भन्ने तर राती राती आफै तास खेलिरहेको अवस्थामा पक्राउ परेकोमा त्रियुगा नगरवासी आश्चर्यमा परेका छन ।