बिहिबार, बैशाख १३, २०८१

तारादेवी स्मृति फाउण्डेसनलाइ महानगरको १० लाख सहयोग

काठमाडौं माघ ९,  काठमाडौं महानगरपालिकाले । तारादेवी स्मृति फाउन्डेसनको अक्षय कोषस्थापनार्थ रु १० लाख रुपैयाँ प्रदान गरेको छ । बुधबार राजधानीको राष्ट्रिय सभा गृहमा स्वरकिन्नरी तारादेवीको तेह्रौ पुण्य स्मृतिमा आयोजना गरिएको “सम्झनामा तारादेवी साङ्गीतिक कार्यक्रममा उक्त रकम मेयर बिद्यासुन्दर शाक्यले फाउण्डेसन एवम कामपा वडा न .३  का अध्यक्ष दीपक केसी लाई हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अहिलेका लागि महानगरको प्राथमिक काम पूर्वाधार नै रहेको बताउँदै, कला, संस्कार, सााहित्य र सृजनालाई प्रोत्साहन गर्न केही रकम लगानी गरिएको बताउँदै तारादेवीले छोडेर जानुभएको पुँजी बचाउनुलाई दायित्व सम्झेर हामीले अक्षय कोषका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

संघीय संसद सदस्य रामवीर मानन्धर फाउण्डेसनका अध्यक्ष दीपक के.सी. लगायतले स्वरकिन्नरी तारादेवीको विषयमा आफ्नो अभिकत प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले तारादेवीका १४ वटा गीत क्रमस श्यामप्रसाद उपाध्यायको रचना र नातिकाजीको संगीतमा रहेको टाढाबाट बोलाएको तिमीलाई बोलको गीत ज्ञानु राणाले गाउनु भएको थियो । यससँगै जनकविकेशरी धर्मराज थापाको काली पारी दाइ, राष्ट्रकवि माधव घिमिरेको फुलको थुङ्गो बहेर गयो, राजेन्द्र थापाको बनको आगो निभाउने, भैरवनाथ रिमाल ‘कदम’को अमर माया छोडेर जाने, यादव खरेलको नौसय खोल तरेर, रत्नशमशेर थापाको फुलै फुलको मौसम तिमीलाई प्रस्तुत गरिएका थिए । यी गीतहरु क्रमशः मीरा राणा, संगीता थापा शाक्य, गीता पाण्डे, सरिता शाही, जीना रसाइली र निकिता घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174