बिहिबार, चैत्र १५, २०८०

तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’को डिभिडी सार्वजनिक

भक्तपुर कात्तिक २६  तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ अर्थात् कालो अरिङ्गालको डिभिडी आइतबार सार्वजनिक गरिएको छ । चलचित्र निर्माण पक्षले रफत सञ्चार क्लबमा एक कार्यक्रमको आयोजना गरि उक्त डिभिड सार्वजनिक गरेको हो ।

देशका १४ जिल्लाको ३५ ठाउँमा १० बर्षको बालकदेखि ७० बर्षको बुढाबुढीहरुलाई एकै ठाउँमा जम्मा गरेर प्रोजक्टर मार्फत करिब १ लाख दर्शक बराबरको जनसहभागीतामा उक्त चलचित्रकोे बिशेष शो गर्दै जहाँ तामाङ त्यहाँ तामाङ चलचित्र भन्ने अभियानका रुपमा सफल पादैं दर्शकहरुको अत्याधिक मागका कारण चलचित्र म्याङ प्वाँहार छिट्टै नै डिभिडमा ल्याउनु परेको चलचित्रका निर्माता बिकु थोकर बताउँछन् ।
यो चलचित्रलाई केही महिनाभित्रै यूटुव मार्फत देश बिदेशका नेपाली माझ लैजाने तयारी पनि भईरहेको निर्माता थोकरले जानकारी दिए । सो अभियानमा संकलन भएको करिब १५ लाख बढी रकम शिक्षा, गुम्बा मठमन्दिर र स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा लगाईएको छ ।

अहिलेसम्म निर्माण भएका तामाङ चलचित्र मध्ये उच्च प्रविधि र ठूलो लगानीमा निर्माण भएको यो पहिलो र उत्कृष्ट तामाङ चलचित्र २०७२ हुँदै आदबिासी जनजाति चलचित्र उत्कृष्ट टप ५ मा पर्न सफल भएको चलचित्र हो ।  २५ लाखको लागतमा चलचित्र निर्माण सम्पन्न भएको उक्त चलचित्रमा समाजका गरिब, निमुखा, बिपन्न र उत्पीडनमा परेका वर्गमाथि पुँजीपति वर्गले गरेको अन्याय, अत्याचार र शोषणविरुद्ध आवाज उठाएको सो चलचित्रमा वर्तमान राजनीतिक विकृतिमाथि ब्यङ्ग्य प्रहार गरिएको निर्माता थोकर बताउँछन् । कार्यक्रममा लामागुरु लाक्पा दोर्जे तामाङले ‘म्लाङ प्वाँहार’ चलचित्रको डिभिडी सार्वजनिक गर्दै आर्थिक अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले आर्थिक लाभ पनि गर्न सफल भएको बताए ।

उक्त चलचित्रमा नायक जगे लोप्चन, नायिक सुनिता लुङ्बा, खलनायकमा बिकु थोकर, आइटम डान्समा सृजना तामाङ, सुस्मा मुक्तान, सफल दोङ लगायतका कलाकारहरुको भूमिका रहेको छ । चलचित्रको निर्माण थोकर फिल्म्स प्रालीको ब्यानरमा भएको छ भने यसको निर्देशक शंकर मर्हजनले गरेका छन् ।  चलचित्रमा संगित बिशाल कल्ताङ र बिशाल थीङको छ भने रचना कुमार श्याङबाको रहेको छ । यस चलचित्रको कथा रितुराज पार्खिनले लेखेका छन् । चलचित्रको नृत्य निर्देशन अजय श्याङ्तानले गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।