शुक्रबार, चैत्र १६, २०८०

तल्लो सदनका कुल २७५ सदस्य मध्ये २७१ र माथिल्लो सदनका कुल ५९ मध्ये ५५ सदस्यद्वारा शपथ

 तल्लो सदनका ४ र माथिल्लो सदनका १ सदस्य अनुपस्थित   

काठमाडौ फागुन २०,  संघीय संसद्को तल्लो सदन अर्थात प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको  छ ।   आज भएको सपथग्रहण कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई यसअघि ज्येष्ठ सदस्य राजपाका नेता महेन्द्रराय यादवले सपथग्रहण गराउने भनिएपनि यादव आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि राजपाका अर्का नेता राजपा महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउन भएको हो चार जना सांसदहरु क्रमस टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहेको संसद सचिवालयले जनाएको छ ।  सचिवालयकाअनुसार आज कुल २७५ सदस्य मध्ये प्रतिनिधिसभाका २७१ सांसदले शपथ लिनु भएको थियो ।

 त्यस्तै राष्ट्रियसभाका ५५ जना सदस्यले पनि आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज साँझ राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथ दिलाउनुभएको हो । आजको सपथमा निर्वाचित सासंद मध्ये १ जना सासंद अनुपस्थित रहनु भएको र बाँकी ३ जना सदस्यलाइ सर्वोच्चको शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशका कारण सपथ लिन रोकिएको  हो । यसअघि ज्येष्ठ सदस्य भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ दिलाउनुभएको थियो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।