मङ्लबार, बैशाख ११, २०८१

ढुंगेललाई आममाफी किन ? लिखित जवाफ पेश गर्न सरकारका नाममा सर्वोच्चको आदेश

 काठमाडौ जेठ ११,   केपी ओली सरकारले गणतन्त्र दिवसका अवसरमा ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिन गरेको निर्णय रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नु भएको रिटकोको सुनवाइ गर्दै  सर्वोच्चले ढुंगेललाई आममाफी दिनुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश जारी गरेको हो । तयस्तै आदेशमा दुवै पक्षलाई यही जेठ १३ गते छलफलका लागि उपस्थित हुन समेत आदेश दिएको छ । अधिवक्ता त्रिपाठीले बिहीबार सर्वोच्च अदालतमा सरकारको निर्णय विरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।