शुक्रबार, बैशाख १४, २०८१

डोरमणिले मुख्यमन्त्रीको सपथ लिएसैगै माओवादी रहित एक्लै सरकार बनाउँदै

 काठमाडौ माघ २९ ,  मुख्यमन्त्री नियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ का प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।    प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

पद तथा गोपनियताको सपथसंगै नव नियुक्त मुख्यमन्त्री पौडेलले सानो आकारको मन्त्रीमण्डल घोषणा गर्ने तयारी समेत गरेका छन । तर सरकार गठनका लागि माओवादीसंग प्रतिनिधीको नाम माग गरेपनि माओवादीले तत्काल सरकारमा नजाने संकेत सहित पार्टी एकताबारे ठोस सहमति नभएको जनाउ दिदै प्रदेश सरकारका लागि कुनै प्रतिनिधीको नाम नदिएको थाहा भएको छ ।  यद्यपी माओवादी केन्द्रले मन्त्रीको नामदिएपनि एमालेले एक्लै प्रदेश सरकार गठनको तयारी गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।