शनिबार, बैशाख ८, २०८१

डिभिजन सहकारी कार्यालयद्धारा १९ वटा सहकारी संस्था खारेज

काठमाडौं आषाढ २७, डिभिजन सहकारी कार्यालय काठमाडौँले दुई वर्षसम्म निष्क्रिय रहेका, लेखापरीक्षणको स्वीकृत नलिएका, साधारणसभाको divijan-sahakari-officeजानकारी नदिएका १९ वटा बचत तथा ऋण सहकारी संस्था खारेज गरेको छ ।

डिभिजन सहकारीले यसरी खारेज गरिएका सहकारी संस्थाहरूमा क्रमस एभरेष्ट बहुउद्देश्यीय सहकारी संस्था, महालक्ष्मी महिला बचत, एकीकृत महिला बचत, जागल सामुदायिक, नीलगगन, डेस्टिनेसन बचत, सम्भव बचत, आदिनारायण बचत, कुशेश्वर बचत, ग्लोबल ग्रीन बचत, लाखा, आवाज, जनहित सेवा, थामी र ग्रीण हाउसलगायतका बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

काठमाडौँ जिल्लामा तीन हजार ६२ वटा बचत तथा ऋण सहकारी संस्था, ३६७ बहुउद्देश्यीय सहकारी संस्था, कृषि १००, दुग्ध २७, उपभोक्ता ३१, स्वास्थ्य २४, शिक्षा पाँच, सञ्चार सात, सीपमूलक नौ, चिया एक, हाइड्रो दुई, मौरीपालन एक, यातायात एक, छापाखाना ११ र अन्य ३० वटा सहकारी संस्था रहेका छन् ।