बिहिबार, बैशाख १३, २०८१

डा. देवकोटाको निधनको अफवाहपूर्ण हल्ला , परिवारजनद्दारा चिन्ता ब्यक्त

 काठमाडौं जेठ २६, राजधानीको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररतवरिष्ठ न्यूरो सर्जन डा।उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिए पनि सामाजिक संजाल आएजस्तो निधनको अफवाहपूर्ण हल्ला निराधार रहेको जनाउँदै परिवारजनले चिन्ता ब्यक्त गरेका छन् ।

 त्यस्तै अस्पतालले पनि देवकोटाको अवस्था गम्भीर बनेपछि सघन उपचार आईसीयूमा राखेर उपचार भइरहेको जनाउँदै नचाहिदो अफवाह फैलिएपछि बाध्य भएर डा.देवकोटालाई आईसियूबाट निकालेर अक्सिजन सहित घाम तपाउन आज विहान अस्पताल परिसरमा ल्याएको उहाँको  आफन्त बसन्त देवकोटा उदृत गर्दै तस्वीर सहितको सूचना सार्वजनिक गरिएको छ ।

 स्मरण रहोस शुक्रबार रातिदेखि डा।देवकोटाको निधन भएको भन्ने झुठो खबर सामाजिक सञ्जालमा भइरहेको भाइरल प्रति डा.देवकोटाको परिवारले गम्भीर आपत्ति जनाएको छ ।  पित्त थैलीको क्यान्सरबाट पीडित देवकोटा गत वैशाखदेखि न्यूरो अस्पताल बाँसबारीमा बसेर उपचार गराइरहेका छन् । फोटो साभार:  पदमराज जोशीको फेसवुक पेज

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।