शुक्रबार, चैत्र १६, २०८०

डा केसीलाई कुनै दलसँग जोड्न नहुने नेता गौतमको जिकिर

 काठमाडौ साउन १ , नेपाली काँग्रेसका नेता सञ्जय गौतमले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका गर्न सरकारलाई आग्रह गर्नुभएको छ । त्यस्तै नेता गौतमले स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रको सुधारका लागि सत्याग्रह गर्नुभएका केसीलाई कुनै दलसँग जोड्न नहुने जिकिर प्रस्ततु गर्नु भएको  छ ।
रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता गौतमले यस्तो जिकिर गर्नु भएको हो ।

त्यस्तै साक्षात्कार कार्यक्रममा अर्का वक्ता राजपाका नेता अनिल झाले अनशनरत डा केसीको जीवनरक्षाको माग गर्दै सरकारले सत्याग्रहलाई सम्मान गर्नुपर्ने बताउनुभयो । केसीले उठाएका जायज माग पूरा हुनुपर्नेबताउँनु भएको छ । त्यस्तै पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले डा केसीका माग र चिकित्सा शिक्षा विधेयकलाई संसदमा छलफलको क्रममा लैजानुपर्ने बताउँदे डा केसीले आफ्नो मागमा माग सच्चाउन आवश्यक रहेको जिकिर गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।