मङ्लबार, बैशाख ११, २०८१

डा केसीको विग्रदो स्वास्थ्यस्थिती प्रति नजरअन्दाज गर्नु दुःखद : काँग्रेस

काठमाडौ माघ २,  नेपाली काङ्ग्रेसले समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग सहित डा गोविन्द केसीले सुरु गर्न भएको थाल्नु भएको आमरण अनशन र उहाँको बिग्रदै गएको स्वास्थ स्थितिप्रति सरकारले देखाएको नजरअन्दाज प्रति पार्र्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलन गरी डा केसीको माग चिकित्सा शिक्षाको क्षेत्रमा अत्यावश्यक सुधार र प्रगतिका लागि महत्वपूर्ण भएको जनाउ सहित यसको कार्यान्वयनका लागि सवैतर्फबाट समन्वय गर्नु पर्ने बताउँनु भएको छ ।

त्यस्तै प्रवक्ता शर्माले डा केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको बेला सरकार संवेदना शून्य ढङ्गले समाधानको विपरित अघि बढ्न खोज्नु दुःखद र निन्दनीय रहेको बताउँनु भएको छ ।

त्यस्तै वाइड बडी जहाज खरीदमा भएको अनियमितता र अर्बौ रकम घोटलाका सम्बन्धमा गम्भीर र गहिरो छानबिनको माग गर्दै वाइड बडी जहाज खरीदमा भएको गम्भीर अनियमिता छानबिनको विषयलाई विषयान्तर हुन नदिन आवश्यक सर्तकताका लागि सबैमा अपिल गर्दै दोषीमाथि कारवाहीका लागि निरन्तर दबाब जारी राख्ने बताउँदै यसवीचमा भएका कमिसनको चलखेलका बारेमा सम्पूर्ण सत्य तथ्य अनुसन्धानबाट सार्वजनिक गर्न माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174