बिहिबार, बैशाख १३, २०८१

डा केसीका मागका सम्बन्धमा संयमित रही भूमिका निर्वाह गर्न गृहको अपिल

 काठमाडौ साउन ३, गृहमन्त्रालयले आमरण अनशनरत डा गोविन्द केसीका मागका सम्बन्धमा सम्बन्धित निकायबाट विधिपूर्वक समाधान हुने भन्दै शान्ति कायम राख्न आ–आफ्नो स्थानबाट संयमित रही भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

मन्त्रालयका प्रवक्रा रामकृष्ण सुवेदीद्दारा आज साँझ जारी विज्ञप्तिमा  जुम्ला जिल्लाको सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत प्रा डा केसीलाई काठमाडौँ ल्याउने क्रममा सुरक्षाकर्मीमाथि भएको हुलहुज्जत एवम् सरकारी वार्ता टोलीलाई समेतलाइ प्रा डा केसीसँग भेट्न नदिई प्रतिष्ठानमा सिर्जना गरिएको तनावको वातावरणकावीच पनि डा केसीको विग्रदो स्वास्थ्यस्थिती प्रति सजग हुँदै सरकारले उहाँलाइ उपचारको लाग काठमाडौं ल्याईएको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा यसवीचमा भएकोमा तनावपूर्ण अवस्थालाइ नियन्त्रणमा लिन सुरक्षाकर्मीले संयमता अपनाउँदाअपनाउँदै सु प्रतिष्ठानका कर्मचारी, विद्यार्थी तथा अन्य असम्बन्धित व्यक्तिको प्रहारबाट सुरक्षाकर्मी गम्भीर घाइते भएको जनाईएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।